मलेसियाका रोजगारदाताद्वारा नेपाली कामदार छिटो ल्याउन दबाब दिंदै दुई घण्टा धर्ना

Posted on: 15 Jul, 2018

असार ३१, काठमाडौं | नेपाली कामदारलाई यथाशक्य छिटो ल्याउने वातावरण बनाउन रोजगारदाताले मलेसियन सरकारलाई दबाब दिएका छन् । नेपालले जेठ पहिलो सातादेखि नै मलेसियामा कामदार पठाउन रोक लगाएको छ । 

मलेसियामा सक्रिय रोजगारदाताको संगठनले गृह र मानव संशाधन मन्त्रीलाई भेटी नेपाल सरकारसँग छलफल गररे मलेसियामाथि लगाइएको रोक हटाउन दबाब दिएको हो । सुरक्षा गार्ड आपूर्ति गर्ने झन्डै ७ सय रोजगारदाताको छाता संगठन ‘पीपीकेके एम’ को अग्रसरतामा बिहीबार पुत्राजयस्थित गृह मन्त्रालयमा दुई घण्टा धर्ना दिइएको थियो ।


वैदेशिक रोजगार व्यवसायी संघले नेपाल सरकारले श्रम स्वीकृतिमा रोक लगाउनुको कारण बारे मलेसियाका रोजगारदातालाई आधिकारिक जानकारी दिएपछि उनीहरूले आफ्नो सरकारलाई दबाब दिएका हुन् । 

सरकारले मलेसिया पठाउन बन्द गरेपछि यसको सबैभन्दा बढी असर सुरक्षा गार्डको क्षेत्रमा परको छ । मलेसियाले नेपालबाट मात्रै सुरक्षा गार्ड लिन पाउने व्यवस्था छ । 

- आजको कान्तिपुर दैनिकमा यस सम्बन्धि पुरा समाचार पढ्न सक्नुहुनेछ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!