बैदेशिक रोजगारीमा मलेसिया पठाउँदा भएको (भीएलएन) ठगी: कम्पनी दर्तामै बदनियत

Posted on: 16 Jul, 2018

असार ३२, काठमाडौँ | वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारसँग झन्डै ३ अर्ब रुपैयाँ ठगीको आरोप खेपेको मलेसिया भीएलएन कम्पनीको स्थापना नै अर्कै प्रयोजनका लागि भएको भेटिएको छ । 

कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त कागजात हेर्दा मलेसियाको भिसा प्रोसेसिङको प्रक्रियासँग मिल्ने गरी नाम जुधाई फरक उद्देश्यका साथ कम्पनी स्थापना गरेको पाइएको हो ।

ठगीको आरोप लागेका सञ्चालकले मलेसियाली दूतावासका कर्मचारीसँग सरसल्लाह गरी कम्पनीको नाम जुराएको बताएका छन् । एउटा उद्देश्यमा स्थापना भएर अर्कै प्रकृतिको काम गर्न पाइँदैन ।

मलेसियाले विश्वका विभिन्न मुलुकका नागरिकका लागि भिसा प्रोसेसिङका लागि भीएलएन (भिसा लुरुस नेग्रा) नामको प्रणाली स्थापना गरेको छ । मलेसियाले दूतावासभित्रै त्यो प्रणाली स्थापना गर्नुपर्नेमा छुट्टै व्यक्तिले त्यही नामको कम्पनी खडा गरेका हुन् ।

मलेसियाली प्रणालीसँग नाम मिल्दोजुल्दो गरी स्याङ्जाका रामप्रसाद श्रेष्ठले मलेसिया भीएलएन नेपाल प्रालि दर्ता गरे । कम्पनीले हरेक कामदारसँग ६ हजार ७ सय रुपैयाँ र भ्याटसमेत असुल्दै आएको छ । 

- आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!