अब भारतमा नेपाली गाडीलाई सहज प्रवेश

Posted on: 22 Jul, 2018

साउन ६, काठमाडौँ | भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् । 

नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिबहन तथा राजमार्ग मन्त्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरुलाई सहज ढंगले भारत प्रवेश र आवगमन गर्न अनुमनि दिन सहमत भएको हो । 


सन् २०१४ मा भएको नेपाल — भारत मोटर-भेहिकल सम्झौता अन्तर्गत संयुक्त कार्य समुहको शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा उक्त विषयमा सहमति जुटेको हो । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!