निर्मला हत्या प्रकरणः अझै रहस्यमय र सशंकित बन्दै !

Posted on: 11 Sep, 2018

भदौ २६, काठमाडौँ | निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना थप रहस्यमय बनेको छ । 

काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरेरै उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएपछि घटना रहस्यमय बनेको हो । 

पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका उनले आफुलाई निर्मलाको परिवारले न्याय नपाउने लागकोले नैतिक रुपमा समितिमा बसिरहन नसकेको बताए । 

उनले भने, मेरो उच्चस्तरीय छानविन समितिसँग कुनै असहमति होईन तर मैले निर्मला हत्याकाण्डमा खर्चेका दैनिक २० घण्टाका दरले १५ दिनमा आफुलाई उनको परिवारले न्याय नपाउने लाग्यो । तर, उनले अनुसन्धानमा रहेको त्रुटि, अपराधीको ठुलो सञ्जाल वा राजनीतिक पहुँचबारे बताउन चाहेनन् । 

मेरो एकल प्रयासले उनको परिवारले न्याय पाउँदैनन् । भन्ने लागेरै राजीनामा दिएको हुँ ।

- आजको अन्नपुर्ण पोष्टमा यो समाचार छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!