जहाँ ६ बजे नै लाग्छ सबैको घरमा ताला !

Posted on: 12 Sep, 2018

भदौ २७, काठमाडौँ | सुन्दा अचम्म लाग्न सक्छ, साँझ ६ बज्न नपाउँदै गाउँ नै सुनसान ! अनि सबै घरमा ताल्चा । 

यति मात्र होईन, घरकै कुनै सदस्य पनि ६  बजेपछि घरभित्र पस्न पाउँदैनन् । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६ मा पर्ने तिलगाउँको चलन हो यो । 

चारैतिर हिमालै हिमालले घेरिएको बीचको अनकन्टार बस्ती तिलगाउँमा ६ बजेपछि सुनसान हुने चलन पुस्तौँदेखि चल्दै आएको स्थानीय पेमा तामाङले बताए । 

नजिकै बस्ती नभएका कारण चोरीबाट बच्न र महिला सुरक्षित रहन यस्तो जुक्ति अपनाईएको तामाङले बताए । 

यो गाउँ तीन हजार ७०३ मिटर अग्लो स्थानमा छ । धेरैपहिले गाउँमा चोरी हुनुका साथै महिला बलात्कृत भएपछि त्यति बेलाका बुढापाकाले यो उपाय अपनाएको र अहिलेको पुस्ताले पनि त्यसलाई कायमै राखेको उनले बताए ।

- आजको गोरखापत्र दैनिकमा समाचार छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!