नागढुंगा सुरुङमार्ग बनाउन २० चिनियाँ कम्पनीको चासो, १ महिनामै ३५ टेन्डर

Posted on: 16 Sep, 2018

भदौ ३१, काठमाडौँ | नागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउनेलगायतका उद्देश्यले निर्माण गर्न लागिएको नागढुंगा सुरुङ मार्गको निर्माणका लागि सडक विभागले एक महिनाअघि ग्लोबल टेन्डर आह्वान गरिसकेको छ ।

अगस्ट १० मा आह्वान भएको टेन्डरको अवधि अक्टोबर १० सम्म तोकिएको छ । टेन्डर आह्वान भएको १ महिनामा मात्रै ३५ निर्माण कम्पनीले इच्छा देखाएको विभागले जनाएको छ ।

इच्छा देखाएका ३५ निर्माण कम्पनीमध्ये २० वटा मात्रै चिनियाँ कम्पनी रहेको विभागका इन्जिनियर छविलाल पौडेलले बताए । 

- आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!