दशैंमा घर जाने ? असोज ५ देखि बसको टिकट बुकिङ खुल्दै

Posted on: 17 Sep, 2018

असोज १, काठमाडौँ | बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् ।

यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो । 

यातायात व्यावसायीबीच अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो । 

यातायात व्यावासायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए । 

तर छलफलका क्रममा विभागले माग सम्बोधन नगरिदिने भनेपछि अग्रिम टिकट बुकिङ गर्न व्यावसायी सहमत भएका हुन् ।

- आजको नागरिक दैनिकमा यो खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!