मेलम्चीको सिमेन्ट चालकले बेचिदिएको खुलाशा

Posted on: 23 Sep, 2018

असोज ७, सिन्धुपाल्चोक | मेलम्ची खानेपानी आयोजनाका लागि ल्याईएको सिमेन्ट चालकले तारामाराङको एक पसलमा बेचेको खुलासा भएको समाचार आजको कान्तिपुरले पृष्ठ ४ मा छापेको छ । 

ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रकमा ल्याइएको उक्त सिमेन्ट ओजानको स्टोरमा बुझेको देखाएर बाहिर बिक्री गरेको प्रहरीले जनाएको छ । 

आयोजनाको मुहानस्थित अम्बाथानमा ३ सय ४० बोरा सिमेन्ट अनलोड गराएको भर्पाइ गराएर चालकले गत २ गते सिमेन्टसहितको ट्रक राजधानीतर्फ लगेका थिए । 

मेलम्ची प्रहरीका अनुसार ट्रकको टायर पञ्चर भएपछि चालकले उक्त सिमेन्ट स्थानीय तारामाराङको पसलमा बेचेका थिए । पसलेको नाम भने प्रहरीले बताएको छैन । यो सूचनाका आधारमा प्रहरीले पसलबाट सिमेन्ट नियन्त्रणमा लिएको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!