अष्ट्रेलिया जाने नेपाली सहित अन्यले ५ बर्ष गाउँमा बस्नुपर्ने !

Posted on: 10 Oct, 2018

असोज २४, काठमाडौँ | अष्ट्रेलियाले आप्रवासी नियमलाई परिवर्तन गर्ने तयारी गरको छ । प्रस्तावित नियमअनुसार अस्ट्रेलिया आउने विदेशी नागरिकले लामो समयसम्म ‘रिजनल एरिया’ दुर्गम क्षेत्रमा बस्नु पर्नेछ ।

अस्ट्रेलियाका जनसंख्या मन्त्री एलन टुजले मंगलबार एक कार्यक्रममा बोल्दै सिड्नी, मेलबर्न र ब्रिसबेन लगायतका ठूला सहरमा बढदै गएको जनसंख्याको चापलाई कम गर्न आप्रवासी नियम परिवर्तन आवश्यक भएको बताएका छन् । उनले भने, ‘सरकारले प्रवेषाज्ञा दिदा कम्तीमा ५ वर्ष ग्रामीण भेगमा बस्नुपर्ने सर्त लागू गर्न सक्छ ।’ यद्यपि, उनले त्यस्तो सर्त अस्टेलियामा स्थायी बसोबास अनुमति पाएकाका परिवार तथा रोजगारीमा आउनेहरूका लागि लागू नहुने बताए । 

अस्ट्रेलियाले पछिल्लो समय आप्रवासी नियमलाई व्यापक परिवर्तन गर्दै आएको छ । उसले केही समय पहिले दक्ष कामदारलाई दिदैआएको ४ सय ५७ भिसालाई परिवर्तन गरको थियो । त्यसैगरी, अस्ट्रेलियाको नागरिकता लिन पाउने योग्यता तथा प्रावधान समेत परिवर्तनको चर्चा चलिरहेको छ । विशेष गरी अध्ययनका लागि आउने विदेशी विद्यार्थीको रोजाइमा ठूला सहर पर्ने  भएकाले सरकारले उनीहरूलाई दुर्गम क्षेत्रमा पठाउने योजना गरको जानकारहरू बताउछन् ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!