खोलामा उच्छृंखल हर्कत गर्ने विदेशी खेदिए

Posted on: 04 Nov, 2018

कात्तिक १८, अर्घाखाँची | खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिर पठाएको छ । 

शीतगंगा नगरपालिका ६, सिद्धाराको गोवाङ र बुच्ची खोलामा नाङ्गै भएर उनीहरु आपसमा अश्लील गतिविधिमा संलग्न थिए । 


गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिविधि गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

स्थानीय प्रशासनको अनुमतिबिना केही दिनदेखि टेन्ट नै टाँगेर विदेशीहरु त्यहाँ बसेका थिए । 

यो समाचार आजको कान्तिपुरको पृष्ठ १३ मा समाचार छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!