तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध

Posted on: 06 Nov, 2018

कात्तिक २०, रुपन्देही | रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । 

तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ । मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । 

देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो, उनले भने । 

नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ ।

देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ ।

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!