सरकारी सेवामा आकर्षण: १ जनाको मागमा ९५ जनाको प्रतिष्पर्धी

Posted on: 11 Nov, 2018

कात्तिक २५, काठमाडौँ | सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् । 

आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो । ती पदमा जागिर खानका लागि ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिएको आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

दरखास्त दिनेमा महिलाको  संख्यामात्रै ५२ प्रतिशत रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!