एचआइभी सर्ने भन्दै डाक्टरले गर्न मानेनन् पोस्टपार्टम

Posted on: 12 Nov, 2018

कात्तिक २६, धादिङ | एचआइभी संक्रमितको महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो ।

तर उक्त शव डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्पतालको मुर्दाघरमै थन्कियो । मृतक एचआइभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न नमानेको समाचार आजको नागरिक दैनिकमा छ ।

धादिङ नीलकण्ठ नगरपालिका–५, खाल्टेकी ३७ वर्षीया शर्मिला श्रेष्ठ (नाम परिवर्तन) ले गत शुक्रबार बिहान विष खाएकी थिइन् ।

उनी शौचालय आउने–जाने र उल्टी गर्न थालेपछि छोरीले आफूलाई खबर गरेको मृतकका श्रीमानले बताए । 

- आजको नागरिक दैनिकमा समाचार छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!