निर्मला हत्या प्रकरण सेलाउन नपाउंदै फेरी १२ बर्षीय बालिका शंकास्पद अवस्थामा फेला

Posted on: 12 Nov, 2018

कात्तिक २६, उदयपुर | बाख्रा चराउन गएकी उदयपुर रौतामाई गाउँपालिका–३, अमलाकी १२ वर्षीया बालिका घरनजिकैको जंगलमा आइतबार मृत फेला परकी छन् । 

स्थानीय दुर्गबहादुर खडकाकी छोरी एन्जिला बुर्खाडाडा जंगलमा शनिबार बाख्रा चराउन गएकी थिइन्। घरभन्दा करिब ७ सय मिटरको जंगलमा खुट्टा खुम्चिएको, मुखमा नेपकिनजस्तो कागत कोचिएको, सुरुवाल खुलेको र कोल्टे परको अवस्थामा शव भेटिएको मृतकका काका समेत रहेका रौतामाई गाउपालिका–३ का अध्यक्ष दुर्गाराज खड्काले बताए । ‘शवको प्रकृति हेर्दा शंकास्पद छ,’ दुर्गाराजलेभने, ‘एन्जिलाले लगाएको कपडा खुलेको, घाटीमा चिथोरको र मुखमा कागत कोचिएकाले बलात्कारपछि हत्या भएको हुन सक्छ ।’

शव भेटिएको स्थानमा सामान्य बुट्यान भएको, बेखबर भएलगत्तै खोज्दा नभेटिएको र शनिबार मात्र शव भेटिनुले हत्या गरेर शव फालिएको हुन सक्ने उनले बताए । साँझपख बाख्रा घर फर्किए पनि एन्जिला नआउदा उनका दिदी, भाइ र स्थानीयले शनिबार साँझ गाउँ-घर र जंगलमा खोजी गरेका थिए । 

एन्जिलाका बुवा दुर्गबहादुर तिहार मान्दै त्रियुगा नगरपालिका चुहाडेस्थित घर गएको र आमा माइती गएकाले घरमा उनीहरू तीन जना मात्र थिए । बुवाआमा नभएको र घरमा दिदीभाइ मात्रै भएकाले छरछिमेक, स्थानीय र आफन्तले एन्जिलालाई मध्य रातिसम्म खोजी गरका थिए तर नभेटेपछि परिवारका सदस्य र स्थानीय सहितले आइतबार खोजी गर्दा दिउसो मात्रै जंगलमा शव भेटेका थिए ।

- आजको कान्तिपुर दैनिकमा समाचार छ  

यस बिषयमा तपाइको प्रतिक्रिया...!