वामदेवलाई अर्को झड्का, गौतमले राखेको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

Posted on: 14 Nov, 2018

कात्तिक २८, काठमाडौं | राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । 

रुष्ट गौतमले गैर नाफामुलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी गरेका छन् । 

गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भुमिकामा फर्कन आतुर छन् । 

संसदमा जान उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए ।

अरु सांसदले अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, पार्टीभित्रकै शक्तिले आफुलार्य संसदमा जान रोकेको उनको गुनासो छ । संसद्को मार्ग लगभग बन्द भएपछि गौतमले राष्ट्रिय पुननिर्माण प्राधिकरण गठनको नयाँ पहल सुरु गरेका थिए । 

- आजको नयाँ पत्रिकामा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!