अब बैठकमा आक्रोशित सांसदले कुर्सी उठाएर हान्न सक्नेछैनन्

Posted on: 14 Nov, 2018

कात्तिक २८, काठमाडौं | संसद् सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एकअकासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ । 

प्रतिनिधिसभाको दोस्रो अधिवेशनसम्म केही सांसदलाई छुट्टाछुट्टै कुर्सीमा राखिँदै आएको थियो । 

अब प्रत्येक लहरमा ६ वटा कुर्सी राखी तिनलाई छुट्टाछुटटै उचाल्न नमिल्ने गरी जोड्दिै छ । 

बैठकमा आक्रोशित सांसदले कुर्सी उठाएर ताडफोड गर्न सक्ने भएकाले एउटै ढिक्का बनाउन लागिएको स्रोतले जनाएको छ । 

सचिवालयका अधिकारीले भने कुर्सीमा एकरुपता ल्याउन र धेरै जना अटाउन यस्तो गरिएको दाबी गरेका छन् ।

- आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!