अवैध सम्बन्ध ढाकछोप गर्न प्रेमीसँग मिलेर श्रीमानको हत्या

Posted on: 14 Nov, 2018

कात्तिक २८, विराटनगर | अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । 

मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ ।

प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । 

- यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!