साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु, दुई वर्षभित्र तयार हुने

Posted on: 15 Nov, 2018

कात्तिक २९, काठमाडौं | भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । 

धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माणको जिम्मेवारी दिएको बताए । 

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!