नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक, कुन-कुन परे ?

Posted on: 18 Nov, 2018

मङ्सिर २, काठमाडौं | नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ । 

आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो। 

विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो।  सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ । त्यस्तै निर्यातकर्ताहरु मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको सूचीमा डाबर नेपाल प्रा.लि. परेको छ ।  त्यस्तै उत्पादक/उर्जामुलक उद्योग (मदिरा र चुरोट बाहेक) मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्तर्गत हिमाल पावर लिमिटेड परेको छ ।

त्यस्तै कृषि एवं पशुपंक्षीजन्य उद्योग मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा प्रोवायटिक इन्डष्ट्रिज प्रा.लि. छ भने सहकारी तथा लघुवित्त मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्तर्गत छिमेकी लघुवित्त संस्था लि.परेको छ । 

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । 

 हेर्नुस् सूचीः 


यस बिषयमा तपाइको प्रतिक्रिया...!