निर्दयी आमा: जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या

Posted on: 01 Dec, 2018

मङ्सिर १५, इलाम | नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार बेलुका इलामनगरपालिका वडा नम्बर ३ पुवामझुवा (साविक वडा नम्बर ९) मा आफन्तको पाहुना लाग्न आएकी एक महिलाले बच्चा जन्माएर हत्या गरी फालेकी थिइन् ।

सूर्योदय नगरपालिका –९ स्थायी घर भएकी सावित्रा मुखिया  सुनुवारले बच्चा जन्माएर हत्या गरेर बाटोमा फालेकी थिइन् । आफन्तको पाहुना लाग्न आएकी सुमित्राले राति शौचालयमा बच्चा जन्माई बच्चाको घाँटी थिचेर हत्या गरेर पाहुना लागेको घरनजिकैको बाटोमा फालेकी थिइन् । 

यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!