अब डिस्को-बार दोहोरीमा जानेले उमेर खुल्ने कागजात बोक्नुपर्ने

Posted on: 03 Dec, 2018

मङ्सिर १७, काठमाडौं | प्रहरीले १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ । 

प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लार्य कडाईका साथ लागु गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ बर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् । 

प्रकरहीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । 

सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरुलाई प्रवेश गर्न दिनेछन् । 

कुनै सञ्चालकले कानुन् मिचेर कसैलाई छिराए प्रहरीले पक्राउ गरी कानुन्बमोजिम कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

- आजको नयाँ पत्रिकामा यो खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!