विदेशबाट फर्केकालाई प्रमाणपत्र, प्रमाणपत्र लिएकालाई के फाइदा ?

Posted on: 03 Dec, 2018

मङ्सिर १७, काठमाडौं | विदेशबाट सीप सिकेर फर्केका कामदारले प्रमाणपत्र पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिले यस्ता कामदारलाई प्रमाणपत्र दिन लागेको हो ।

सरकारले विदेशबाट फर्केका युवालाई १० लाखसम्मको सहुलियतपूर्ण ऋण दिने परियोजना अघि सारको छ । प्रमाणपत्र प्राप्त गरेका युवालाई कर्जा दिन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहकार्यमा कामदारको सीप परीक्षण गर्न लागिएको समितिले जनाएको छ । 

कामदारहरूका लागि २० वटा पेसा व्यवसायको सीप परीक्षण गररे प्रमाणपत्र दिइने समितिका निर्देशक विनोद बडालले बताए । ‘सीप परीक्षण गराउन चाहने कामदारले पासपोर्ट र विदेशमा काम गरेको आवश्यक कागजातसहित आवेदन दिनुपर्छ,’ उनले भने, ‘उनीहरूको योग्यता, क्षमताको परीक्षण गररे निःशुल्क प्रमाणपत्र दिन्छौं ।’ 

परीक्षामा उत्तीर्ण हुने कामदारले मात्र प्रमाणपत्र पाउने छन् ।

कृषि, अटोमोबाइल, पूर्वाधार निर्माण, कम्प्युटर, इलेक्ट्रिकल, वन, हस्पिटालिटी, छालाका वस्तु उत्पादन, मेकानिकल, नवीकरणीय ऊर्जा, उद्यम विकास, टेलरिङ, सिलाइबुनाइ, अल्लो प्रशोधन, ब्युटिसियन र सुरक्षा क्षेत्र लगायत २४ प्रकारका क्षेत्रका पेसा व्यवसायको सीप परीक्षण हुने गर्छ । 

- आजको कान्तिपुर दैनिकमा समाचार छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!