मेलम्चीको पानी: झुट माथि झुटको खेति

Posted on: 04 Dec, 2018

मङ्सिर १८, काठमाडौँ | मेलम्चीको पानी काठमाडौँ कहिले आईपुग्ला ? यसको बिषयमा पटक-पटक सम्बन्धित अधिकारि तथा खानेपानी मन्त्रीले समेत समय तोकिसकेको अवस्था हो । 

बोले अनुसारनै काम पुरा भएको भए काठमाडौँमा यतिखेरसम्म पानी आईसक्नुपर्ने हो तर अझै मेलम्ची कति महिनामा आउने हो भन्न सकिने अवस्था छैन । कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुग्न मात्र अझै कम्तीमा १ सय ३० दिन लाग्ने भएको छ । 

आयोजनाको निरीक्षणका लागि मंगलबार सुन्दरीजल पुगेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई आयोजनाले यस्तो जानकारी गराएको हो । तर, खानेपानी मन्त्रालयमा सचिव गजेन्द्रकुमार ठाकुरले आइतबार विकास समितिमा बोल्दै ६० दिनभित्र मेलम्चीको काम सकिने दाबी गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!