निर्मला पन्तको पोस्टरः जति च्यातो, उति भाइरल !

Posted on: 04 Dec, 2018

मङ्सिर १८, काठमाडौँ | बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए –१३ गते बिहान राजधानीका मुख्य चोकहरुमा । 

पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासट्याग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो ।

जसरी सरकारले ११ गते राजधानीबासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेका थियो । निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो ।


प्रहरीले न्याय माग्ने ती पोस्टरलाई च्यातेन मात्र, टाँस्ने केहीलाई पक्राउसमेत गर्यो । न्याय खोज्नेहरु झनै उत्साहित भए । पोल र भित्तामा पोस्टर त टाँगिएको थिए नै, सोमबारसम्म आइपुग्दा देशव्यापी रुपमा सवारी साधनमा स्टिकर टाँसिन थालेका छन् ।

- यो समाचार कान्तिपुर दैनिकमा छ ।  

तश्वीर: सुजल श्रेष्ठ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!