दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

Posted on: 06 Dec, 2018

मङ्सिर २०, नयाँदिल्ली | नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ । 

उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए । 

स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो । 

नेपाली महिलाको अवस्था पनि अज्ञात छ । आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए । 

चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ । 

- आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!