अष्ट्रेलियाका लागि नेपाली राजदूतमाथि मानव तस्करीको आरोप

Posted on: 06 Dec, 2018

मङ्सिर २०, काठमाडौँ | मानव तस्करीमा संलग्न भएको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नै मानव तस्करीमा लागेको जस्तो गम्भीर आरोपमाथि सरकारले अनुसन्धान नगर्नु र मौनता राख्नु अझ गम्भीर विषय भएको जनाउनुभएको छ । 


- यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!