निर्मला हत्या प्रकरणः प्रहरीद्वारा हत्यारानजिक पुगेको दाबी

Posted on: 07 Dec, 2018

 मङ्सिर २१, काठमाडौं | प्रहरीले निर्मला पन्तको हत्यारानजिक पुगेको दाबी गरेको छ । 

भीमदत्तनगर नगरपालिका १८ का १७ बर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ । 

यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । 

शंकास्पदसँग सोधपुछ गर्ने क्रम चलिरहेको छ, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने — चाँडोभन्दा चाँडो परिणाम निकाल्न जुटेका छौँ, बुधबार कञ्चनपुरमा सात जनासँग सोधपुछ गरिएको उनले सुनाए । 

प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले नै रावलको बयान लिएका छन् । 

रावलले निर्मला बलात्कार तथा हत्यामा आफ्नो संलग्नता रहेको संकेत गरेका छन् । 

उनी लागुऔषध दुव्र्यसनी रहेको बताइएको छ ।, आजको अन्नपुर्ण पोष्ट्मा यो खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!