महानिरीक्षक आफैँ सीआईबीमा, बयानमा रावलले चौधरीद्वयको नाम लिए

Posted on: 07 Dec, 2018

मङ्सिर २१, काठमाडौँ | निर्मला हत्या प्रकरणमा संलग्न रहेको हुनसक्ने भन्दै काठमाडौँबाट पक्राउ परेका प्रदिप रावलले घटनामा आफ्नो संलग्नता रहेको संकेत दिएका छन् । 

रावललाई पक्राउ गरेपछि प्रहरीले प्रहरी महानिरीक्षक खनाललाई अनुसन्धान निचोडमा पुग्न लागेको जनाउ सीआईबीले दिएको थियो । त्यसैले उनले रावलसँग बयान लिएका थिए । बयानका क्रममा रावलले दुई जनाको नाम लिएका थिए । जसलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

बुधबार दिउँसो प्रहरी महानिरीक्षक खनाल करिब ३ घण्टासम्म गृहमन्त्रालयमा थिए । अपराह्न प्रहरी प्रधान कार्यालय पुगेका खनाल राति साढे नौ बजे सीआईबीको कार्यालयमा पुगेका थिए । 

खनालले आफैँ रावलको बयान लिए । सीआइबीको टोलीले लिएको बयानमा आफूसँगै अन्य दुई युवाको पनि नाम लिएपछि भगतपुरका दिनेश चौधरी र बिशाल चौधरीलाई प्रहरीले समातेर काठमाडौं झिकाइसकेको थियो । 

को हुन् रावल ?

१७ वर्षीय रावल भीमदत्तनगर नगरपालिका–१८ भगतपुर निवासी हुन् । उनका बुबाआमा दुवैजना अहिले रोजगारीका लागि भारतमा छन् । उनको मावली पनि भारत नै हो । उनी ठूलोबुबासँग बस्दै आएका थिए ।

प्रहरीका अनुसार निर्मलाको शव भेटिएको दिन रावल भारततर्फ गएका थिए । काठमाडौँ आएपछि उनी समातिएका हुन् । 

 - अन्नपूर्ण पोष्टमा खबर छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!