दुबईबाट १४० यात्रु लिएर काठमाडौँ आउन लागेको विमानले नक्सा बिर्सिएपछी...

Posted on: 10 Dec, 2018

मङ्सिर २४, काठमाडौँ | नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ । 

दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९:४० मा काठमाडौँ अवतरण गर्नुपर्ने थियो तर निगमको लापरबाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौँ ओर्लिएको थियो । 

हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको समयभन्दा ४ घन्टापछि उडान भएको छ । 

विमानबाट यात्रारत एक यात्रुका अनुसार निगमको केन्द्रीय कार्यलय काठमाडौंबाट सो चार्ट स्क्यान गरेर पठाइएपछि कर्मचारीको आग्रहमा दुवई विमानस्थलले उडान अनुमति दिएको थियो ।

निगमको उडान नम्वर २३० न्यारो वडि ए३३२०–२०० दुवैबाट काठमाडौं आउने विमान निर्धारित समयभन्दा ४ घण्टा पछि उडाइएको छ । निगमले यात्रुलाई २ घण्टा विमानमै राखी पछि टेक्नीकल समस्या आएपछि ओरालेको थियो । उतारिएको ठाउँमा खाना, वासको व्यवस्था गरिएको थिएन । विमानमा १ सय ४० यात्रु सवार थिए ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!