नुवाकोटको देवीघाटस्थित पृथ्वीनारायणको तरबार चोरियो

Posted on: 12 Dec, 2018

मङ्सिर २६, नुवाकोट | नुवाकोटको देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका–५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाचेर लगिएको थियो । 

‘बालाचतुर्दशीको राति चौसट्ठीमा बत्ती बाल्ने भीड थियो,’ स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, ‘भोलिपल्ट सात बजे हेर्दा तरबार देखिएन । हाकिमलाई जानकारी गराएँ ।’ तरबार नदेखिएपछि नजिक रहेको देवीघाट प्रहरी चौकीलाई खबर गररे खोजबिन गर्दा नभेटिएको उनले बताए ।

तरबार चोरिएपछि श्रीपेच चोरी हुने डर उनलाई छ । ‘श्रीपेच त सजिलै फुत्त आउँछ,’ उनले भने, ‘राति यहाँ बत्ती राख्न भनियो । कसैले सुनेनन्।’ 


प्रहरीचौकी देवीघाटका इञ्चार्ज युवक गिरीले स्मारक वरिपरि, बजार क्षेत्र, त्रिशूली नदी किनार सबै ठाउँ खोजिएको बताए । राजा पृथ्वीनारायण शाहले साना राज्य एकीकरण गरपछि अन्तिम समय १८३१ माघ १ गते यही शालिक रहेको ठूलो ढुंगामा देहत्याग गरको इतिहास छ । पछि सोही ढुंगामा पश्चिम मोहडा फर्किएको शालिक निर्माण राखिएको थियो । 

तरबार चोरी भएपछि नक्कली तरबार राखिएको छ । देवीघाटका स्थानीय शिव रिजालले फलामे तरबार नट बोल्टले जोडेर राखेको बताए । 

- आजको कान्तिपुर दैनिकमा समाचार छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!