जापानले अप्रिलदेखि नेपाली कामदार लैजाने

Posted on: 19 Dec, 2018

पुस ४, काठमाडौं | २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । 

जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए । 

अनौपचारिक रुपमा नेपाली कामदारसमेत लैजाने भन्ने कुरा सुन्नमा आएको छ, उनले भने, नेपाललाई समेत समावेश गर्न हामिले कुटनीतिक माध्यमबाट संवाद अगाडि बढाएका छौँ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

पत्रपत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!