नेपालीको भिसा शुल्क घटाउँदै अमेरिका, अब कति पर्छ ?

Posted on: 19 Dec, 2018

पुष ४, काठमाडौं | अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । 

भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो । 

गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । 

अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।

- यो समाचार आजको नयाँ पत्रिकामा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!