नवलपरासी: सिंगै बस्ती एउटैको नाममा, ८९ परिवार समस्यामा

Posted on: 22 Dec, 2018

पुष ७, परासी | झुम्म परेको बस्तीको जमिन ३/४ पुस्तादेखि भोगचलन हुँदै आएको छ । गाउँ ब्लकको पुर्जा प्राप्त गरेकाले पञ्चायतकालदेखि घरधुरी कर बुझाएको कागजात पनि सुरक्षित छन् ।

यहाँका बासिन्दा थोरै जमिनको भए पनि आफूलाई धनी ठान्दै आएका थिए । अहिले नापी कार्यालयको फिल्ड बुक हेर्दा भने उक्त गाउँ एक व्यक्तिको नाममा रहेको खुलेपछि स्थानीयवासीको निद्रा हराएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६, सनहीमा यस्तो समस्या देखिएको हो । 

यहाँको एउटा पूरै बस्ती एक व्यक्तिको नाममा रहेको तथ्य फेला परेपछि समस्या देखिएको छ । त्यसले भोगचलन गर्दै आएका स्थानीय ८९ परिवार समस्यामा छन् ।

यो खबर आजका कान्तिपुर दैनिकमा छ, पाल्हीनन्दन गाउँपालिका–६ का राजेश साहनी साबिकको सनही गाविस अध्यक्ष हुन् । उनी अध्यक्ष रहेका बेला गाविसले स्थानीयलाई गाउँ ब्लक पुर्जा वितरण गरेको थियो । धनीपुर्जा दिँदासमेत बस्ती व्यक्तिको नाममा रहेको कसैलाई थाहा भएन ।

अहिले आफ्नो घरजग्गा व्यक्तिको कित्तामा देखिएपछि आश्चर्यमा परेका छन् । ‘२०२४ सालमा नापी गर्ने कर्मचारीको मिलेमतोमा यस्तो भएको हुनसक्छ,’ साहनीले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!