शिक्षकको कुटाइबाट ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु

Posted on: 27 Dec, 2018

पुस १२, बारा | शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो । 

शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् । 

पत्रपत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!