दुई वर्षअघि प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भ्यु टावर गौचरनमा परिणत

Posted on: 07 Jan, 2019

पुष २३, दमक | पुर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्ण मन्दिरबाट झण्डै  ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका ३ दापगाछी पुगिन्छ । त्यही ठाँउमा अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए ।

त्यहाँसम्म पुग्ने मुल सडकको कालोपत्रे योजना योजनामै सिमित छ । ‘सडकै नबनिरहेको अवस्थामा भ्यु टावर बन्ला’ स्थानीयको प्रश्न छ । 

अघिल्लो चोटी ओली प्रधानमन्त्री हुँदा शिलान्यास गरिएको सो भ्यु टावर निर्माणका लागि एक अर्ब ५५ करोड लाग्ने अनुमान थियो ।

भ्युटावर बन्ने खेतको बिचमा शिलान्यस स्तम्भ छ । त्यसको माथिल्लो भाग भने उप्कीसकेको छ । भ्यु टावर बनाउँन ६ बिघा जमिन छुट्याइएको छ । 

तर जग्गादातामध्येका डिल्ली चापागाईँ भ्यु टावरले २ बर्षसम्म गति नलिँदा अन्योल बढेको मात्र बताउँछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!