नेपाली कामदार लैजाने सम्झौता गर्न जापानी टोली आउने

Posted on: 11 Jan, 2019

पुस २७, काठमाडौं | जापानी सरकारले नेपाली कामदार लैजानबारे सम्झौता गर्न चाँडै वार्ता टोली पठाउने भएको छ । जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा टोली खटाइने जानकारी गराएका हुन् । नेपाल र जापानकाबीच सरकारी तहबाटै कामदार पटाउने सम्झौता तयारी भइरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

विदेशमन्त्री कोनोले जापानमा बर्सेनी करिब ५ लाख जनसंख्या घटिरहेको घटिरहेको र काम गर्नेको संख्यामा पनि गिरावट आएकाले विदेशी कामदार आपूर्ति गर्न लागेको जानकारी दिए । लैजाने नौवटा मुलुकको सूचीमा नेपाललाई पनि राखेको छ । 

‘कामदार आयात गर्ने मुलुकमा नेपाललाई पनि छानेका र्छौँ,’ त्यसका लागि वार्ता गर्न जापानी टोली आउछ । त्यसपछि सहमति हुन्छ र नेपाली कामदार जापान जान पाउँछन्,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टराईले कानोलाई उद्धृत गर्नै भने । पत्रपत्रिकाबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!