एउटा शवको दाहासंस्कार गर्न खोज्दा दुईवटा शव भेटिएपछि

Posted on: 21 Jan, 2019

माघ ७, दोलखा | एउटा शवको दाहासंस्कार गर्न पुगेको मलामीले दुईवटा शव देखेपछि वातावरण कस्तो हुन्छ होला ? दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ कुथली खोलाको गौरीघाटमा शनिवार त्यस्तै अनौठो परिदृश्य देखिएको छ । यो खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ |


भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीको फासेलुङका ४४ बर्षिय कालुमान थामीको भीरबाट लडेर मृत्यु भएको थियो । उनको शवलाई प्रस्तावित सदरमुकाममा रहेको चरिकोट अस्पतालमा पोष्टमार्टम पछि दाहासंस्कारको लागि कुथली खोलाको गौरीघाटमा पुर्याउदासंगै शिशुको शव समेत भेटिएपछि मलामिहरु अचम्भित भएका छन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बीरबहादुर थामी प्रसतावित चरिकोट अस्पतालले लार्पवाहि गर्दै कालुमानको पोष्टमार्टपछि उनको शवसंगै शिशुको समेत शव प्याक गरेर पठाएको बताए । कालुमानको शवलाई चितामा राखेर जलाउन लाग्दा संगै अर्को मासुको ढल्ला भेटिएको र त्यसलाई खोतलेर हेर्दा शिशुको शव भेटिएको वडा अध्यक्ष बीरमानले बताए ।

कालुमानको शवसंगै शिशुको समेत शव भेटिएपछि मलामी गएका स्थानियले प्रहरीलाई खबर गरेका थिए । लगतै आर्यघाट पुगेको प्रहरीले शिशुको शवलाई निकालेर सदरमुकाम चरिकोट फर्काएको थियो ।

प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले भने अस्पतालको लार्पवाहिले दुबैको शवसंगै गएको कुरा अस्वीकार गरेका छन् । गर्भभित्रै मृत्यु भएको नवजात शिशुको मृत्युको कारण पत्ता लगाउन शवको पोष्टमार्टम गरेर शवगृहमा राखिएको र त्यसलाई डिस्पोज गर्नु अघि थामीको शवको समेत पोष्टमार्टम भएको उल्लेख गर्दै थामीको आफन्तले हतारमा दुबै शवलाई एउटै पोकोमा हालेर लगेको डाक्टर दंगालले बताए । यो सामान्य घट्ना हो, शिशुको शव डिस्पोज गर्नु अघिनै हतारमा थामीको शवको समेत पोष्टपार्टम गर्नु परेकोले यस्तो समस्या भएको हो – डाक्टर दंगालले भने । मृतक थामीका आफन्तले भने आफुहरुको लार्पवाहिले नभै अस्पतालकै लार्पवाहिका कारण दुईवटा शव आर्यघाटसम्म पुगेको दावि गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!