घुस लिने आयुक्त पाठकद्वारा राजीनामा

Posted on: 16 Feb, 2019

फागुन ४, काठमाडौं | नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् । 

घुस लिएको प्रमाणसहितको समाचार कान्तिपुर लगायत सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि, सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी गर्दागर्दै पाठकले राजीनामा दिएका हुन् । महाभियोगबाट बच्न उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय पुगेर राजीनामा दिएका हुन् । 

सुरुमा पाठकले अन्य व्यक्तिलाई प्रयोग गरेर राजीनामा पठाउने तयारी गरेका थिए । राष्ट्रपति कार्यलयका अधिकारीहरुले सम्बन्धित व्यक्तिले नै बुझउनु पर्ने बताएपछि उनी राजीनामा पत्र बोकेर राष्ट्रपति कार्यालय पुगेका थिए । 

- यो समाचार कान्तिपुरमा प्रकाशित छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!