सामाजिक सञ्जाल सञ्चालकप्रति सरकार सतर्क, जुनसुकै बेला बन्द हुनसक्ने

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाडौँ | सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । 

यसरी सजग भएर सरकारले अब उप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना-प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ । 

सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारले जुनकुनै बेला पनि रोक लगाउन सक्नेछ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा तयार पारिएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफा ५६ मा प्रत्येक सरकारी निकाय र सार्वजनिक संस्थाले वेबसाइट सञ्चालन गर्नुपर्ने र वेबसाइटको सञ्चालन, डिजाइन र विकाससम्बन्धी मापदण्ड मन्त्रालयले तोकबमोजिम हुने उल्लेख छ ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!