श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ

Posted on: 27 Feb, 2019

फागुन १५, अछाम | अछाममा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  चौरपाटी गाउँपालिका–५ निबासी ४५ वर्षीय रमेश (नाम परिवर्तन) आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । आफूलाई जबरजस्ती करणी गरेको भनी श्रीमतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मदिरा सेवन गरी पटक–पटक इच्छाविपरित यौन सम्पर्क गर्ने गरेको भनी उजुरी दिएको र पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी जनक शाहीले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!