दार्चुला–तिंकर सडकखण्ड : प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना

Posted on: 03 Mar, 2019

फागुन १९, दार्चुला | दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्ततर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइदैन् । सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ । 

सदरमुकाम खलंगादेखि सात किलोमिटरको दूरी तय गर्न एउठा जिप प्रयोग गर्नुपर्छ भने राताकाठा भीरमा हिँडेर भीर छिचोलेपछि पारिपट्टी फेरि अर्को जीप चढेर मात्रै गन्तव्य पुग्न सकिन्छ । दार्चुला–तिंकर सडकखण्डको राताका भीरमा एकतर्फी माात्रै एकपटक सानो गाडी गुड्न मिल्छ । तर अर्कोतर्फबाट गाडी आए फर्किनुपर्ने हुन्छ । 

भीरमा करिब आधा किलोमिटर लामो सडकको ट्रयाक खोलिएको छ । अग्लो भीरका कारण ‘डबल कटिङ’ नहुँदा गाडी एकतर्फी मात्रै चलाउन मिल्छ । वर्षौदेखि सो भीरमा प्रहरीको अनुमति लिएर मात्र गाडी चलाइँदै आएको हुन्छ । भीरको वारिपट्टी र पारिपट्टी  प्रहरी तैनाथ हुन्छन् । एम्बुलेन्स र इमर्जेन्सीमा सवारी सधानले राताकाठा भीर पार गर्नुपर्दा प्रहरीको अनुमति लिनैपर्ने अवस्था छ । दिनभर भीरमा प्रहरी तैनाथ हुन्छ । यो समाचार पुष्पराज जोशी र प्रेम चुनाराले नागरिक दैनिकमा लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!