सरकारको निर्देशन– ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’

Posted on: 14 Mar, 2019

फागुन ३०, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको छ । 

सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । 

स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ ।

‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनी गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रमुख जिल्ला अधिकारीले भने।

बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न सरकारले निर्देशन दिएको छ ।

- यो खबर आजको कान्तिपुर दैनिकमा छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!