जकपुर–जयनगर रेल नयाँ वर्षदेखि

Posted on: 17 Mar, 2019

चैत ३, धनुषा | वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गर्ने तयारी थालिएको छ । 

रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढिसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालन तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम थालेको हो ।


त्यस्तै रेल्वे सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको विभागका निर्देशक बलराम मिश्रले जानकारी दिए । सो मार्गमा निर्माण हुने सात स्टेसनका लागि आवश्यक एक सय ५० कर्मचारी छनोट प्रक्रिया सुरु भएको मिश्रको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!