एउटा यस्तो विद्यालय जसलाई बन्दले कहिल्यै छुन सकेन

Posted on: 17 Mar, 2019

चैत ३, भद्रपुर | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो ।

विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए । विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन् । शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन । मेची नदीपारि भारतीय भूमिसँगै सिमाना जोडिएको गाउँमा रहेको यो विद्यालयमा भयरहित वातावरणमा पठनपाठन भयो । भोलिपल्ट पनि विद्यालयको पठनपाठनमा अवरोध भएन ।

यसअघि पटकपटका बन्दहडतालमा पनि विद्यालयमा पठपाठन हुँदै आएको छ। सार्वजनिक बिदाबाहेक विद्यालय बन्द हुँदैन । यहाँका अभिभावक र शिक्षकले बन्दहडतालबाट शैक्षिक क्षेत्र चौपट हुने राम्ररी बुझेका छन् ।

कुनै समूह विद्यालय बन्द गर्नुपर्छ भन्दै आएमा अभिभावक सामूहिक प्रतिकारमा उत्रन्छन् । त्यसमा शिक्षक र विद्यार्थीले साथ दिन्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!