कतारमा नेपाली श्रमिक शून्य लागतमा लैजाने बारे यस्तो सहमति जुट्यो !

Posted on: 18 Mar, 2019

चैत ४, काठमाडौँ – कतार नेपाली श्रमिक शून्य लागतमा लैजान विषयमा सकारात्मक देखिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको नेपाली प्रतिनिधि र ती देशका प्रतिनिधिबीच भएको छलफलमा कतार सकारात्मक देखिएको हो । 

कतारसँग पहिलो चरणको वार्ता सकेर फर्किनुभएका सहसचिव घिमिरेले द्विपक्षीय वार्ता फलदायी रहेको र श्रमिकलाई व्ययभार नपर्ने गरी तथा उनीहरूका आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गर्ने गरी श्रम समझदारी गर्ने विषयमा कतार सकारात्मक रहेको जानकारी दिए । 

सहसचिव घिमिरे नेतृत्वको नेपाली टोलीले गएको बुधबार र बिहीबार कतारसँग त्यहाँको प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका प्रतिनिधिसँग पहिलो चरणको छलफल गरेर स्वदेश फर्किएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!