वैदेशिक रोजगारीमा साउदी पुगेका ३ हजार नेपाली अलपत्र

Posted on: 17 Apr, 2019

वैशाख ४, काठमाडौँ | साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिन प्रतिदिन चुलिँदै छ । 

साउदीको अजमिल कन्स्ट्रक्टिङ कप्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । 

अर्कदमा तीन हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा २ हजार नेपालीले रोजगार गुमाउनुपरेको छ । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!