मेयर छोरालाई मन्त्रीको २४ करोड बजेट

Posted on: 17 Apr, 2019

वैशाख ४, जनकपुर | शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् । 

आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो ।

सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको छ । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा अजित तिवारीले लेखेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!