सेवाग्राहीको भीड हुँदैमा कर्मचारी टाप

Posted on: 23 Apr, 2019

वैशाख १०, ललितपुर | कार्यलय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो । सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ । तर तपाई ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नु भयो भने अवस्था फरक पाउनुहुन्छ । त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन् ।

सेवाग्राहीको बढी भीड हुने ठाउँ हो यातायात कार्यालय । चालक अनुमतिपत्र लिनेदेखि नवीकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यही छ । दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ । मेडिकल लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुन्छ । कर्मचारी बाहिरिने क्रम सुरु हुन्छ । 

- यो समाचार खगेन्द्र भण्डारीले अन्नपूर्णमा लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!