पटक–पटक भाडा समायोजन तर ट्याक्सी व्यवसायी सधैँ असन्तुष्ट, सरकारलाइनै ब्ल्याकमेल !

Posted on: 25 Apr, 2019

वैशाख १२, काठमाडौँ | पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । 

सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन गरियो । 

२०६९ सालपछि पनि सार्वजनिक सवारीको दुईपटक भाडा समायोजन भएको छ तर ट्याक्सी व्यवसायीले भने विगत दुई महिनादेखि वैज्ञानिक भाडादर समायोजनको माग राखी आ–आफ्ना ट्याक्सी पछाडि प्लेकार्ड टाँसिरहेका छन् । 

यातायात व्यवस्था विभागले भने पटक–पटक भाडा समायोजन गरिएको तर ट्याक्सी व्यवसायीहरूले सरकारलाई ‘ब्ल्याक मेलिङ’ गरिरहेको जनाएको छ । ट्याक्सी पछाडि टाँसिएका प्लेकार्ड ट्राफिक प्रहरीले च्यात्ने काम गरे पनि व्यवसायीले भने राख्न छाडेका छैनन् ।

- यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!