६१ करोड भ्रष्टाचार गर्ने लेखापालविरुद्ध मुद्दा, ४ श्रीमतीको नाममा ५ करोड १० लाख

Posted on: 07 May, 2019

वैशाख २४, काठमाडौँ | यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पाँच करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ बिगो दाबी गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीले चार श्रीमतीका नाममा सम्पत्ति राखेको अनुसन्धानमा खुलेको छ ।

उनका चार श्रीमतीमा दुर्गा अधिकारी, दीपा श्रेष्ठ अधिकारी, सुस्मिता अधिकारी र सोममाया श्रेष्ठ छन् । सबैका नाममा अकुत सम्पत्ति राखेको पाइएकाले उनीहरूविरुद्धसमेत मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

अधिकारीले सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मासमेतको नाममा पनि सम्पत्ति राखेकाले उनीहरूविरुद्ध आयोगले मुद्दा दायर गरेको छ । अधिकारीविरुद्ध दुई वर्षअघि ६१ करोड रुपैयाँ राजस्व हिनामिनाको अभियोगमा मुद्दा दायर भएको थियो । 

-  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!